सेयर धितो कर्जाको सीमाले उद्योग, व्यवसायको लगानीलाई असर गर्दैन: गभर्नर


  • KBL News Ad
  • ADBL
  • City Express
सेयर धितो कर्जाको सीमाले उद्योग, व्यवसायको लगानीलाई असर गर्दैन: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने बताएका छन्।

नेपाल उद्योग परिसंघको कार्यक्रम ‘परिसंघमा परिचर्चा’मा गभर्नर अधिकारीले सेयर धितोमा ऋण लिई सेयर बजारमै लगानी गर्नेलाई लक्ष्य गरी यो नीति लिइएको बताए। ‘व्यावसायिक उद्देश्यले लिइने यस प्रकारको कर्जालाई मौद्रिक नीतिमा तोकिएको सीमाले असर गर्दैन,’ उनले भने, ‘व्यावसायिक प्रयोजनका लागि लिइने कर्जामा हाम्रो सरोकार होइन, तर वित्तीय क्षेत्रमा उपलब्ध स्रोत औद्योगिक क्षेत्रमा सदुपयोग होस् भन्ने मात्रै हाम्रो चाहना हो।’

गभर्नर अधिकारीले राष्ट्रिय उत्पादन वृद्धिमा केन्द्रीय बैंकको चासो रहने उल्लेख गर्दै औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा राष्ट्र बैंकले सधैं सहयोग गर्ने बताए। राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो।

Read More
  • EBL Ad news