वीरगन्ज : पर्साको ग्रामीण भेगमा एनआइसी एसिया बैंकको शाखा कार्यालयमा चौरी भएको छ। धोबीनी गाउँपालिका ४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा बिहीबार राति मुल गेटको सटर फोडेर भित्र पसी चोरी गरेका हुन्।
बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले जानकारी दिए। बिहान बैंकमा पुगेका उनले भने, ‘चोरहरुले पैसा राख्ने लकर फुटाउने कोसिस पनि गरेको रहेछन् तर नसकेपछि लकर त्यसै छाडेर भागेको हुन सक्छ।'
बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरा पनि तोडफोड गरिएको अवस्थामा भेटिएको चौहानले बताए। बैंकमा दिनमा मात्र सुरक्षा गार्ड राख्ने गरिएको तर रातिको समयमा भने सुरक्षागार्ड नराखिएकाले बैंककै लापरवाहीले चोरीको घटना हुन पुगेको स्थानीय लालबाबु बानियाँले बताए।