सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च, बिक्रीकर्ता भने शून्य


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च, बिक्रीकर्ता भने शून्य

सानिमा लाइफ इन्स्योरेन्सकाे शेयर पहिलो दिननै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओपनिङ्ग रेन्जको उच्च विन्दुबाट कारोबार खुलेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ ९० पैसा पुगेको हो ।

हाल सम्ममा कम्पनीको ३३६ कित्ता शेयर किनबेच भएर १ लाख ७ हजार ३८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कम्पनीको शेयरमा खरिदकर्ताको चाप भने उच्च देखिएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९ हजार ६८८ कित्ता शेयर माग गर्दै वाइङ्ग अडर देखिएको छ । यता बिक्रीकर्ता भने शून्य देखिएको छ ।

शेयर मूल्य अझै बढ्न सक्ने अनुमान गर्दै शेयरधनीहरुले कम्पनीको अहिलेनै बेच्न खोजेका छैनन् ।

बुधबार सूचीकृत भएको कम्पनीको शेयर आज पहिलो पटक कारोबारमा आएको हो ।

Read More
  • MBL - below news