पहिलो कारोबार दिनमै सानिमा लाइफको शेयरमूल्य १० % ले वृद्धि, प्रतिकित्ता रू. ३३९.९० पुग्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पहिलो कारोबार दिनमै सानिमा लाइफको शेयरमूल्य १० % ले वृद्धि, प्रतिकित्ता रू. ३३९.९० पुग्यो

भदौ १७, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य पहिलो कारोबार दिनमै १० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको कारोबार बिहीवारदेखि दोस्रो बजारमा आएको हो । कारोबारको पहिलो दिनमै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३३९ दशमलव ९० पुगेको हो ।  

नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेकोमा अन्तिम मूल्यमा कारोबार भएको हो ।

बिहीवार प्रि ओपन सेसनमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३०९ मा खुला भएको थियो ।  कम्पनीको शेयरमा सर्वाधिक ७ लाख ६३ हजार ४४१ कित्ता शेयर खरीद माग रहेको छ । 

Read More
  • MBL - below news