काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भैरहेको एनएमबि हाईब्रिड फण्ड एल– १ ले गत आर्थिक वर्ष ०७७/७८ सम्ममा रू. ६२ करोड ८ लाखभन्दा बढी नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म रू. १४ करोड ६८ लाख ७३ हजार थियो ।
नाफामा उल्लेख्य बृद्धि भएको यस योजनाले गत वर्ष रू. ६४ करोड ६२ लाखभन्दा बढी जम्मा आम्दानी गर्दा रू. २ करोड ५३ लाखभन्दा बढी जम्मा खर्च गरेको छ । अघिल्लो वर्ष योजनाले रू. १६ करोड ७४ लाख भन्दा बढी जम्मा आम्दानी गरेको थियो भने रू. २ करोड ५ लाखभन्दाबढी जम्मा खर्चृ गरेको थियो ।








