काठमाडौं । नेपाल राष्ट बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० प्रतिशतले घटेको छ ।
नेपाल राष्ट बैंकले निकालेको २०७८ साउन ३२ को अपरिष्कृत मासिक वित्तिय विवरण अनुसार असार मसान्तको तुलनामा साउन मसान्तको निक्षेप ७७ अर्ब २३ करोडले घटेर १ खर्ब ७२ अर्ब ३९ करोडमा झरेको हो । गत असार मसान्तमा त्यस्तो निक्षेप रकम २ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो समय बजारमा ऋणको माग बढेपछि बैंकहरुले राष्ट्र बैंकबाट सो रकम निकालेका हुन् । साउन महिनामा बैंकहरुले करिब ५७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । सो अवधिमा बैंकहरुको निक्षेप ८४ अर्बले घटेको छ । ...