हिमालयन बैंक लिमिटेडले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न रु. छ लाख ९२ हजार ९ सय बैसाठ्ठी रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हिमालयन बैंकले जनाएको छ । अस्पतालमा भएको वार्डहरु जीर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेको छ । बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको छ ।
हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक, अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गर्नुभएको थियो । उक्त समुदघाटन समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।








