आर्थिक वृद्धि ४.०१ प्रतिशत, रेमिट्यान्स ९.८ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले वृद्धि


  • KBL News Ad
  • ADBL
  • City Express
आर्थिक वृद्धि ४.०१ प्रतिशत, रेमिट्यान्स ९.८ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले वृद्धि

काठमाडौँ, भदौ ११ गते । आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारको पुँजीगत खर्च पनि कम हुँदा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो । यस वृद्धिमा कृषि क्षेत्रको २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएर १४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।

Read More
  • EBL Ad news