एन आई सी एशिया बैंकद्वारा बीमा सहितको रू. २० लाख बीमा रकम भुक्तानी


  • KBL News Ad
  • ADBL
  • City Express
एन आई सी एशिया बैंकद्वारा बीमा सहितको रू. २० लाख बीमा रकम भुक्तानी

काठमाडौँ / एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०/१० लाख गरी कुल रू. २० लाख बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको हो । 

एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सो रकम बराबरको चेक  निजकी पत्नी रुकमती श्रेष्ठलाई हस्तान्तरण गरे । 

साथै बैंकले कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनको परिवारलाई समेत रु. १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  

Read More
  • EBL Ad news