एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश पुन: लगानी गर्न मिल्ने


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश पुन: लगानी गर्न मिल्ने

एन आई सी एशिया क्यापिटलले खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि Dividend Re-investment Plan संचालन गरेको छ  । उक्त योजनामा सहभागी हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइटमा रहेको आवेदन फारम भरि उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने क्यापिटलले जनाएको छ  । 

भदौ १० गते सम्म आवेदन दिने इकाईधनीहरु मात्र सहभागी हुन सक्ने छन् । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ।  

Read More
  • EBL Ad news