हिमालयन बैंकले डाइनर्स क्लब कार्ड स्वीकार गर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकले डाइनर्स क्लब कार्ड स्वीकार गर्ने

हिमालयन बैंक Himalayan Bank Limited  र डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेज बिच क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने सम्झौता

हिमालयन बैंक र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तराष्ट्रिय बिच सम्झौता भएको छ  ।  बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो  । सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे । उनले चाडै नै डाइनर्स क्लब अन्तराष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढी भन्दा बढी प्रसिद्ध अन्तराष्ट्रिय कार्डहरु स्विकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराए । 

Read More
  • MBL - below news
  • EBL Ad news