मेगा बैंकद्वारा एकै दिन ५ ओटा नयाँ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकद्वारा एकै दिन ५ ओटा नयाँ शाखा विस्तार, कहाँ कहाँ खुल्यो ?

काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकै दिन ५ ओटा नयाँ शाखाहरू विस्तार गरेको छ । 
बैंकले देशका विभिन्न जिल्लामा आफ्नो नयाँ शाखाहरू विस्तार गरेको हो । 

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो । 

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । 

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । 

Read More
  • MBL - below news