काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शनिबार बिहान ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्ग, काठमाडौंमा आइपीओ बाँडफाँट हुनेछ । सानिमाको आइपीओमा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ कित्तालाई आधार मान्दा ६.८४ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम रुजु गरिएको तथ्यांक भने केही फरक पर्ने सम्भावना छ । कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् ।







