ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केकालाई सहुलियत कर्जा दिने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केकालाई सहुलियत कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। बैंकले अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरी यो निर्णय गरेको हो।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्। 

कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गर्न सहमति भएको हो। 

Read More
  • EBL Ad news