साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
उनले राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी र थोक कर्जा प्रवाह गर्ने लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको बताएका छन् ।
राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति बनाइएको बताएको छ ।