नेपाल बङ्गलादेश बैंकको १००औं शाखा कलकत्तामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको १००औं शाखा कलकत्तामा

नेपाल बङ्गलादेश बैंकले १०० औं शाखा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका कलकत्तामा सञ्चालनमा ल्याएको छ। बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा औपचारिक सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। 

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो। शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। 

कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ। 

Read More
  • EBL Ad news