साउन २९, काठमाडौं । साउन १९ गतेदेखि लिलामीमा आएको एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर खरीद गर्ने शुक्रवार अन्तिम दिन रहेको छ ।
यसअघि पनि पटक पटक लिलामीमा विक्री गरी बाँकी रहेको मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता शेयर पुनः लिलामीमा आएको हो ।
यी शेयर खरीदका लागि बोलकबोल गर्न प्रतिकित्ता न्यूनतम मूल्य मेरो माइक्रोफाइनान्सको रू. ५९५, नागरिक लगानी कोषको रू. १ हजार ४६३ र आरएमडिसी लघुवित्तको रू. ५०६ तोकिएको छ । यी शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।