काठमाडौं : एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले १०% लाभांश वितरण गर्न साउन २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, साउन २७ गतेसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् । कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीलाई करसहित १०% नगद लाभांश दिने निर्णय गरेको छ ।








