साउन २२, काठमाडौं । छिमेक लघुवित्तले २ लाख कित्ता संस्थापक शेयर खरीदका लागि आव्हान गरेको गोप्य शिलबन्दी बोलपत्र आइतवार (साउन २४ गते) खोल्ने भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको छिमेक लघुवित्तको २ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने गरी विक्रीमा आएको थियो । पछिल्लो समय वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण कम्पनीले साउन २१ गतेसम्म उक्त शेयरका लागि आवेदन खुला गरेको थियो ।
कम्पनीको गत माघ २७ देखि चैत ३ गतेसम्म बोलपत्र आव्हान गर्दा विक्री भएपश्चात बाँकी रहेको उक्त शेयर पुनः लिलामीमा विक्री गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको छ ।








