सानिमा लाइफको आइपीओमा यसरी लाग्यो आवेदकको ओइरो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफको आइपीओमा यसरी लाग्यो आवेदकको ओइरो

काठमाडौं  : सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ३८ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म १५ लाख ९८७ जना आवेदकले २ करोड ३८ लाख ८९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.४२ गुणा बढी हो । 
 

सानिमा लाइफले बुधबार (साउन २० गते) देखि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीले कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 
 

Read More
  • MBL - below news