एनआईसी बैंकको एटिएम फुटाउँदै गर्दा एक पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी बैंकको एटिएम फुटाउँदै गर्दा एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Read More
  • EBL Ad news