सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख बढीले भरे, माग भन्दा २.१८ गुणा धेरै आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख बढीले भरे, माग भन्दा २.१८ गुणा धेरै आवेदन

काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन बुधबार साँझ ४ः५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो । 

 

सानिमा लाइफले आज बुधबार (साउन २० गते) देखि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीले कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

Read More
  • MBL - below news