काठमाडौं । सानिमा लाइफ इस्न्योरेन्सले खुला गरेको आइपीओ एक घण्टामै बिक्री भएको छ । कम्पनीले आजदेखि सर्वसाधारण समुहको ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो । बिहान १० बजेदेखि बिक्री खुला गरेकोमा ११ बजेसम्ममा माग भन्दा बढिको लागि आवेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार दिउँसो २ बजेर ३३ मिनेटसम्म ५ लाख ५४ हजार ५८७ जना आवेदकले ९१ लाख ८६ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारण समुह तर्फको ६० लाख कित्तामध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ र बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।







