अब सहकारी बैंकको चेक चल्ने


  • KBL News Ad
  • ADBL
  • City Express
अब सहकारी बैंकको चेक चल्ने

ललितपुर: अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहकारी बैंकको चेक चल्ने बताएका छन् । चेक नचल्ने समस्या अबदेखि नरहने उनले प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको सहकारीमा लघुवित्त सम्मेलनमा अर्थमन्त्री शर्माले सहकारीको चेक अन्य बैंकमा भुक्तानी नहुने समस्या अब नरहने उद्घोष गरे ।

सहकारी बैंकको चेक नचल्ने नीति हुनु उचित नभएको उनले बताए । ‘यदी त्यसखालको नीति छ भने त्यसलाई खारेज गर्नुपर्छ’उनले भने,‘सहकारीको चेकलाई सहज रुपमा चल्ने वातावरण बनाउँछु ।’

अर्थमन्त्री शर्माले लघुवित्त सहकारी जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई सुधार गरेर अगाडि बढ्न सरकार तत्पर रहेको बताए ।

‘गाउँगाउँमा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या छ’ उनले भने,‘जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु लगायतले पाउने सामाजिक सुरक्षा भत्तालाई सहज रुपमा वितरण गर्ने प्रणालीको व्यवस्था गर्न अध्ययन भइरहेको छ’सहकारी बैंक मार्फत वृद्धभत्ता वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

Read More
  • EBL Ad news