सानिमा लाईफको आईपीओ बुधवारदेखि बिक्री खुला हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाईफको आईपीओ बुधवारदेखि बिक्री खुला हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते बुधवारदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । 

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । 

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

यो आइपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरिदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।  

Read More
  • MBL - below news