काठमाडौं : असार मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १७ रुपैयाँ ३० पैसा छ । फन्डको न्याभ अघिल्लो महिनाको भन्दा ४६ पैसाले घटेको हो । अघिल्लो महिना यसको न्याभ १७ रुपैयाँ ७६ पैसा थियो । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ ।
एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी २ करोड ९७ लाख रुपैयाँले घटेर ७६ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । जेठमा सूचीकृत कम्पनीको सेयरमा लगानी ७९ करोड २५ लाख रुपैयाँ थियो । यता, बैंक मौज्दात भने बढेको छ । बैंक मौज्दात भने २ करोड ६९ लाख रुपैयाँले बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।








