चौथौ पुस्ताको वाणिज्य बैंकहरु मध्येबाट आफनो उत्कृष्ट प्रदर्शन गर्दै आएको मेगा बैंकको सातौँ साधारण सभाबाट सञ्चालक समितिको अध्यक्ष बनेका व्यक्ति हुन्, भोजबहादुर शाह। नेपाल बैंक तथा वित्तीय परिसंघका उपाध्यक्ष समेत रहेका शाह बैंकिङ क्षेत्रमा आउनु पूर्व उनको नाम शिक्षा क्षेत्रमा स्थापित भइसकेको थियो। निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको अध्यक्ष रहेको बेला बैंक खोल्ने बारे सोच बनाएका उनै सफल बैंक सञ्चालक शाहसँग आर्थिकन्यूज डटकमले रोचक वार्ता गरेको छ। प्रस्तुत छ, स्पष्ट वक्ता र सामूहिक हितका प्रवर्द्धक शाहसँगको सम्वादको सम्पादित अंशः
निषेधाज्ञाका बेला बैंकिङ क्षेत्रका गतिविधि कसरी चले ?
बैंक वित्तिय संस्था अत्यावश्यक सेवा अन्तर्गत रहेका हुनाले निषेधाज्ञाका बेलामा पनि हामीले थोरै जनशकितबाट सुचारु राख्यौँ । हाम्रै हकमा भन्ने हो भने जम्मा एक तिहाई शाखाहरु हामीले त्यो बेला खोल्यौँ ।
तर, सेवाग्राहीहरुलाई त सहज भएन नि ?
हो, सेवाग्राहीहरुका लागि यातायातको कुनै सुविधा उपलब्ध थिएन । हामीले दुई वटा गाडीको पास लिएर कर्मचारी सम्बन्धित शाखाहरुमा पुर्यायौँ । तर, मोबाइल बैंकिङ लगायतका सुविधाहरु भने ग्राहकहरुले निकै नै प्रयोग गरे । त्यसैगरि, सबै एटीएमहरु सञ्चालनमा रहेका कारण ग्राहकले त्यसको प्रयोग गरे ।
तपाई मेगा बैंकको अध्यक्ष समेत हुनाले व्यवस्थापनलाई कसरी मिलाउनु भयो ?
यसबेला धेरै जसो कामहरु भर्चुअल नै भए । कतिपय भौतिक उपस्थितीमा नै गर्नु पर्ने काम हुन्छ । जस्तो की बैंकहरु डिजिटल सिंग्नेचर लगायतका कुराहरुमा अभ्यस्त छन् । तर, ऋणीहरुमा त त्यो बानी परिसकेको छैन । उहाँहरु त उपस्थित भएर नै सहिछाप गर्नु पर्ने हुन्छ । शुरु शुरुमा त कतिपय कुराहरु हामीलाई पनि अफ्ठयारो भए । तर, यो कोरोनाले त्यसमा बानी बनाइदियो ।
निषेधाज्ञाका बेला तपाईहरुको नियमित बैठकको व्यवस्था कसरी भयो ?
हामी मेगा बैंकको मासिक बैठक नियमितरुपमा अनिवार्य बस्ने गर्छौँ । त्यसमा मासिक प्रगति प्रतिवेदनको समिक्षा गर्छौ । निक्षेप संकलनदेखि लगानीसम्मको अवस्था हेर्छौ । ग्राहकको सन्तुष्टि र नाफाको लक्ष्यमा पुग्दै छौं वा छैनौँ हेर्छौ । त्यसबाहेक बिजनेश मिटिङ पनि गर्छौ । तर, त्यो भने अनलाइनबाट अलिक समस्या हुने रहेछ । भौतिकरुपमा बसेर कुरा गर्दा जति सहज ढंगले मानिसको मनोविज्ञान बुझ्न र पढ्न सकिन्छ ।
तपाई शिक्षा र वित्तिय क्षेत्र दुबै व्यापारमा हुनुहुन्छ । कुनबाट बढी सन्तुष्टि मिलेको छ ?








