एनआईसी एसियाको डिजिटल प्लेटफर्म ‘आइसर्भ’, मोबाइलबाटै लिन सकिन्छ ३५ सेवा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एसियाको डिजिटल प्लेटफर्म ‘आइसर्भ’, मोबाइलबाटै लिन सकिन्छ ३५ सेवा

विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिटल साक्षरता वृद्धि गरेको छ । बैंकिङ कारोबार डिजिटलतिर परिवर्तन हुदै जानु यसको ज्वलन्त उदाहरण हो ।   

जस्तो कि एनआईसी एसिया बैंकको कारोबारलाई हेर्न सकिन्छ । बैंककाअनुसार अहिले कुल कारोबारमध्ये ७० प्रतिशत डिजिटल भइरहेको छ । लकडाउनको बेला डिजिटलमा परिवर्तन हुने ग्राहकको संख्या ठूलो छ ।  

एनआईसी एसिया बैंकले ल्याएको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ले यसलाई अझ बढी सहयोग गरेको बैंकका चिफ स्ट्राटेजिक अफिसर विशाल सिग्देलले बताए । 

एनआईसी एसियाले आफ्ना २७ लाखभन्दा धेरै ग्राहकलाई डिजिटल सेवा दिन ‘आईसर्भ’ प्लेटफर्मलाई अगाडि बढाइरहेको छ । हुन त, आइसर्भ प्रोडक्ट ल्याएको दुई वर्ष भयो । कोभिड–१९ सुरु भएपछि घरबाटै सेवा लिने धेरै भए । डिजिटल कारोबार धेरै हुनथालेपछि बैंकले आईसर्भलाई अझ बढी फोकस गरेर काम गरिरहेको छ ।  

Read More
  • MBL - below news
  • EBL Ad news