काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउन अझ सहज भएको ईसेवाले जनाएकाे छ ।
कुवेतमा रहेका नेपालीले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ ।
मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्ने जनाइएकाे छ । उक्त रकम नेपालमा रहेका ईसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै ईसेवा खातामा लोड गर्न पनि सकिन्छ ।