फर्स्ट माइक्रोफाइनान्स : व्यवसायमा वृद्धि आक्रामक, रिजर्भ उल्लेख्य बढ्यो, नाफा बढेन


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
फर्स्ट माइक्रोफाइनान्स : व्यवसायमा वृद्धि आक्रामक, रिजर्भ उल्लेख्य बढ्यो, नाफा बढेन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्त संस्थामध्येकै पहिलो हुँदै सो लघुवित्तले विवरण सार्वजनिक गरेको हो । 

विवरण अनुसार लघुवित्तले एक वर्षको अवधिमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ८७ करोड ६८ लाख चुक्ता पुँजी भएको कम्पनी लागि यो नाफा प्रतिशेयर १६.१४ रुपैयाँ हो । यो नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्रै बढी हो । 

नाफा नबढे पनि सो कम्पनीले रिजर्भमा भने उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष १३ करोड रहेको रिजर्भको आकार बढाएर अहिले २८ करोड रुपैयाँ पुर्याइएको छ । 

Read More
  • EBL
  • NMB