एनआइसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। साउन १ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत छन्।
उनीसँग डेलोइट इन्डिया (बिग ४), आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।







