साउन १, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्तापूँजी कायम गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ ।
उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ७१ करोड पुग्नेछ । कम्पनीको शेयरमूल्य एक वर्षको अवधिमा ५०५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य एक वर्ष अगाडि २०२० जुलाई १६ मा प्रतिकित्ता १२४ रहेकोमा २०२१ जुलाई १५ मा प्रतिकित्ता रू. ७५१ पुगेको हो । यसरी हेर्दा यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले एक वर्षको अवधिमा ५०० प्रतिशत प्रतिफल पाएका छन् । बिहीवार असार ३१ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५१ कायम भएको छ ।

 
                                    





