समृद्धि फाइनान्सले ५ लाखसम्म कोभिड रिलिफ लोन दिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सले ५ लाखसम्म कोभिड रिलिफ लोन दिने

समृद्धि फाइनान्सले श्रावण १ गते देखि नेपालको जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने र सोही प्ल्याटफर्मको माध्यमबाट नयाँ तथा पुराना ग्राहकहरुले हस्पिटल तथा अन्य क्षेत्रको बिल भुक्तानी गर्न सकिने जनाएको छ । 

सोही अवसरमा फाइनान्सले “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन समेत उपलब्ध गराउने सुविधा ग्राहक माझ ल्याएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news