एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार वापत १० लाखको बीमा रकम भुक्तानी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार वापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता 'गोल्ड श्रेणी' को खाता खालेका दमक-५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।

 

निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताए । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,' उनले भने ।

Read More
  • MBL - below news
  • EBL Ad news