असार २५, काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा आउने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
फण्डले १० करोड इकाई निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । योजना व्यस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशिया अन्तर्गत सञ्चालनमा आउन लागेको यस योजना बन्दमुखी योजना हो ।
क्यापिटलले चौथो सामुहिक लगानी कोषको इकाई निष्कासन सकेर पाँचौ योजना निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको हो । यस इकाई निष्कासनबाट जुट्ने रकम शेयर बजारमा सूचीकृत सबै कम्पनीहरुमा लगानी गर्न सकिने प्रावधान राखेको क्यापिटलले जानकारी गराएको छ ।
यसभन्दा अगाडि क्यापिटलले रू. १ अर्ब बराबरको एनआईसी एशिया सेलेक्ट ३० फण्डको १ करोड इकाई निष्कासन गरेको थियो । एनआईसी एशिया क्यापिटल अन्तर्गत एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड र एनआईसी एशिया सेलेक्ट ३० फण्ड सञ्चालित छन् ।








