असार २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको आधा घण्टामा छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक खरीदविक्री भएको छ ।
उक्त अवधिमा कम्पनीको रू. ३७ करोड ७१ लाख ६४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७०८ मा कारोबार भइरहेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २८ रुपैयाँले वृद्धि भएको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३४ हजार ४५८ कित्ता र विक्री माग ७ हजार ७५ कित्ता रहेको छ ।








