काठमाडौं । हिमालयन बैंकका कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । नेपालको विद्यमान श्रम ऐन २०७४ को दफा ३४(३) मा कर्मचारीले खाईपाई आएको सेवा सुविधा घटाएर बढुवा गरेकाले बैंकका कर्मचारीहरु असन्तुष्ट भएका हुन । श्रम ऐनले सेवा सुविधा घटाउने नपाउने प्राभधान भए तापनि यस हिमालयन बैंकले कर्मचारीले खाईपाई आएको सेवा सुविधामा व्यापक कटौति गरेको उनीहरुले आरोप लगाएका छन ।
विगतमा यस हिमालयन बैंकले काठमाडौं बाहिर सरुवा हुने कर्मचारीहरुलाई खाईपाई आएको तलब–भत्तामा अतिरिक्त २५ प्रतिशत बढी दिईरहेको थियो । यसले गर्दा बाहिर जानलाई प्रोत्साहन समेत गरेको थियो । यो सुविधा बैंकको स्थापना कालदेखि नै प्रदान गरिंदै आएको पीडित कर्मचारीले बताएका छन ।








