बैंकको लोगो प्रयोग गरी अनलाईन ठगी गर्ने गिरोह सक्रिय, हेर्नुहोस् आफुलाई कसरी सुरक्षित राख्ने ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंकको लोगो प्रयोग गरी अनलाईन ठगी गर्ने गिरोह सक्रिय, हेर्नुहोस् आफुलाई कसरी सुरक्षित राख्ने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत विहिबार मात्र आफ्नो नाममा नक्कली फेसबुक पेज बनाएर विभिन्न सूचना जारी भएको भन्दै त्यो आधिकारिक नभएको जनाएको छ । यस्ता भ्रामक फेसबुक पेजहरुका पोष्टहरुमा विश्वास नगर्न र आफ्नो कुनै पनि सूचना प्रबिष्ट नगर्नुहुन सम्पूर्ण सर्वसाधारण एक सूचना मार्फत जानकारी गरिसकेको छ । 

तर सामाजिक सञ्जाल मार्फत ‘फिशरहरूले’ नेपाल राष्ट्र बैंक लगायतका विभिन्न बैंक, नेपाल टेलिकम, अन्य कम्पनी, सरकारी निकायको नाममा फेसबुक फेक पेज खडा गरी बुस्ट गर्ने काम भने रोकिएको छैन् । सामाजिक सञ्चाल प्रयोगकर्तालाई विभिन्न आर्थिक प्रलोभनमा पारेर झुक्याउने र छुट्टै लिङ्कसम्म पुयाउने र युजरनेम, पासवर्ड, मोबाइल नम्बर लगायतका जानकारी राख्न लगाई अकाउन्ट नै आफ्नो नियन्त्रणमा लिने काम बढिरहेको छ । 

शनिबार मात्र नेपाल राष्ट्र बैंकको लोगो प्रगोग गरी “नेपाल बैंक” फेसबुक पेज नाम दिई (https://www.flowcode.com/page/neballaa) युआरएल (url) प्रयोग गरी 'नेपाल बैंक, बैंक अफ नेपालले १०० जनालाई रेजिष्टर गर्न $ १,००० अनुदान प्रदान गर्दछ ?? अहिले नै दर्ता गर्नुहोस्' भनि फेसबुक पेजबाट प्रयोगकर्तालाइ फिसीङ्ग गरी फेसबुक नै ह्याक गर्ने गरेका छन् ।  ... 

हेर्नुहोस् प्रमाणहरु ...

Read More
  • MBL