सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंकका कर्मचारी पनि आन्दोलनमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंकका कर्मचारी पनि आन्दोलनमा

सामाजिक सुरक्षा कोषमा आबद्धताको विषयलाई लिएर एनआईसी एशिया बैंकका कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन् । कर्मचारीहरुले कालो व्यानरमा आफ्ना मागहरु बनाएर विरोधको कार्यक्रम सुरु गरेका हुन् । 

कोषले कर्मचारीहरुको मागलाई सम्बोधन नगरेको कारण यस्तो आन्दोलनको कार्यक्रम सुरु गरिएको बैंकको कर्मचारी युनियनका अध्यक्ष सुमन थापाले बताए ।

उनले भने ‘हामीले विभिन्न समयमा छलफलका क्रम्मा राखेका मागहरुलाई संसोधन नगरिएको र कोषमा आवद्धताको लागि बाध्यकारी बनाउन खोजेको कारणले यस्तो विरोद्धको कार्यक्रम गरेका हौँ । ’

याे पनि ः सामाजिक सुरक्षा कोषसँग बैंक बित्त र बीमाका २९ संस्थाद्वारा १५ बुंदे माग, पुरा नभए कडा आन्दोलन

Read More
  • MBL - below news
  • EBL Ad news