माछापुच्छ्रे र लक्ष्मी बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे र लक्ष्मी बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं  : माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 


यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 

Read More
  • MBL