माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा आफनो शाखा विस्तार गरेको छ । सिरहा शाखा कार्यालयको समुद्घाटन गर्दै आजबाट सञ्चालनमा ल्याए बैंकले जनाएको छ ।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको ं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाख सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गरिरहेको छ । मुलुककै अग्रणी स्थानको बैंक ं माछापुच्छ्रे बैंकले नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।








