अब रेमिट्यान्समा पनि डिजिटल भुक्तानी, इसेवा मनि ट्रान्सफरले गर्यो रिया मनी ट्रान्सफरसँग सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
अब रेमिट्यान्समा पनि डिजिटल भुक्तानी, इसेवा मनि ट्रान्सफरले गर्यो रिया मनी ट्रान्सफरसँग सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् । 

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठुलो सहयोग पुग्नेछ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ । 

Read More
  • EBL Ad news