एनआईसी बैंकको एटिएम तोडफोड गर्ने एक पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी बैंकको एटिएम तोडफोड गर्ने एक पक्राउ

मोरङ । बुढीगंगा गाउँपालिका ३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका ९ घर भएका २४ वर्षीय मोईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो. अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news