काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा ४ अर्ब रुपैयाँ कमाएको छ । जेठ महिनामा राष्ट्र बैंकले आफ्ना सिञ्चित जगेडा कोषमा ४ अर्ब रुपैयाँले वृद्धि गर्न सफल भएको हो ।
बैशाख मसान्तमा राष्ट्र बैंकको बचत रकम ३ खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँ थियो । जेठ मसान्तमा यो बढेर ३ खर्ब ४१ अर्ब ८० करोड पुगेको हो । यो ४ अर्ब १९ करोड रुपैयाँ हो ।
राष्ट्र बैंकले जेठ महिनाको मासिक विवरणमार्फत् यस्तो जानकारी दिएको हो । प्रकाशित विवरण अनुसार जेठ महिनामा बजारमा चलनचल्तीमा रहेको नोट ३ अर्बले बढेर ६ खर्ब ५८ अर्ब पुगेको छ । राष्ट्र बैंकसँग रहेको सुुनको मौज्दात १ अर्बले बढेर ७८ अर्ब पुगेको छ ।