मेगा र बिओकेको मर्जर चर्चा कति आधिकारीक ? सेयर मुल्यमा कस्तो असर पर्न सक्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा र बिओकेको मर्जर चर्चा कति आधिकारीक ? सेयर मुल्यमा कस्तो असर पर्न सक्छ ?

सरकारले बजेट मार्फत नै बैंकहरुबीचको मर्जरलाई प्राथमिकतामा राखेपछि पछिल्लो समय कमर्शियल बैंकहरुबीच फेरी मर्जरको प्रसंग सुरु हुन थालेको छ। यसअगाडी निवर्तमान गभर्नर डा. चिरिन्जीवी नेपालले मर्जरलाई तिब्रता दिँदा जसरी बैंकहरुमा मर्जरको बिषयलाई लिएर चर्चा सुरु भएको थियो त्यसैगरि अहिले फेरी यस्तो प्रसंग सुरु हुन थालेको हो। 

बजेटको मर्म सम्बोधन हुनेगरी नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा केहि व्यवस्था गर्ने संकेत पाएसंगै पछिल्लो समय मेगा बैंक र बैंक अफ काठमाण्डू बिओकेबीच मर्जरको प्रसंग चलेको छ। 

आफ्नो संचालक समिति, व्यवस्थापन, ब्राण्ड, लोगो र स्वापमा सम्झौता नगर्ने अडान लिंदै आएको मेगा बैंकले यहि अडान सम्बोधन हुन सक्ने बुझेपछि बिओकेसँग मर्जरको प्रकृया सुरु गरेको बैंक स्रोतले जनाएको छ। स्रोतकाअनुसार मर्जरको प्रकृया भन्दा पनि करिब महिनादिन अगाडी प्रसंग मात्र चलेको हो तर मर्जरकै लागि भनेर अहिलेसम्म एक पटक पनि कुनै पनि औपचारिक छलफल भएको छैन। प्रसंगमात्र चलेको भएपनि यी दुई बैंकबीचको मर्जरलाई नकार्न सकिदैन। 

Read More
  • MBL - below news