एनआइसी एशिया बैंकको एटिएम फोड्ने पक्राउ !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एशिया बैंकको एटिएम फोड्ने पक्राउ !

महेन्द्रनगर । एनआइसी एशिया बैंकको एटिएम मेसिन फुटाउने एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको उक्त बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्लालाई पक्राउ गरेको हो । 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले उनलाई पक्राउ गरिएको बताएका हुन् ।  बुधबार राति ८ः३० बजे जाँदा बैंकको एटिएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

 

Read More
  • MBL - below news
  • EBL Ad news