एनआईसी एशिया सेलेक्ट ३० मा आजदेखि आवेदन दिन सकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया सेलेक्ट ३० मा आजदेखि आवेदन दिन सकिने

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड (इण्डेक्स फण्ड) मा आज (असार १० गते) देखि आवेदन दिन सकिने भएको छ।

एनआईसी एशिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news