मुक्तिनाथ विकास बैंकलाई १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैंकलाई १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १२ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास  बैंक डिबेन्चर जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल मार्केटले लिएको छ । 

Read More
  • MBL