डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा बैंकको आईसर्भ डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमार्फत आईसर्भभित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘Debit Card Replacement’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

यसका लागि ग्राहकले Debit Card Replacement मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेकाे ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ ।

Read More
  • MBL - below news
  • EBL Ad news