सानिमा लाइफ र युनियन लाइफ इन्सुरेन्स आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ र युनियन लाइफ इन्सुरेन्स आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड

काठमाडौं : सानिमा लाइफ इन्सुरेन्स र युनियन लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल १ करोड २४ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

 

सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले सानिमा लाइफलाई “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । 

Read More
  • MBL - below news